• 7:37 am

आज तोलाको कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ११:४८

पुष २२, २०८१ काठमाडौँ: नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो पनि सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी तोलामा सोही रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिकृया