• ६ असोज २०८३, मंगलबार
  • ७ः४९ बिहान

महालक्ष्मी खोला–मातातीर्थ सडक माघ ७ सम्म बन्द

प्रकाशित मिति

२०८१ पुष २२ गते, सोमबार ११:३७

पुष २२, २०८१ काठमाडौँ: मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला–मातातीर्थ सडक आज (पुस २२)देखि आउँदो माघ ७ गतेसम्म बन्द हुने भएको छ ।

National Life

उक्त सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ स्थित महालक्ष्मी खोलानजिकै भीर कटानका निम्ति बाटोमा यातायात सेवा बन्द गर्न लागिएको गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयले मकवानपुरतर्फको सडकखण्डमा स्तरोन्नतिका क्रममा उक्त बाटोमा यातायात सञ्चालन बन्द गर्न लागिएको उनले बताए । उक्त सडक आउँदो माघ ७ गतेसम्म बन्द रहने उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्र सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनका अनुसार, हेटौँडाबाट काठमाडौं जाने सवारी सिस्नेरीतर्फबाट र काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन फाखेलबाट सञ्चालन भइरहेको छ । दुवै सडकखण्डमा हाल स्तरोन्नति भइरहेको छ ।

प्रतिकृया