• ६ असोज २०८३, मंगलबार
  • १०ः२३ बिहान

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुग्यो

प्रकाशित मिति

२०८१ पुष १४ गते, आईतवार १२:०३

पुष १४, २०८१ काठमाडौँ: दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या १२० पुगेको छ । मिडिया रिपोर्टका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ ।

National Life

उद्धार गरिएका दुई जनामा ३९ बर्षिय पुरुष र ४६ बर्षिय महिला रहेको र उनीहरु चालकदलका सदस्य रहेको बताइएको छ ।

विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

१७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या धेरै हुनसक्ने बताइएको छ ।

प्रतिकृया