• 5:05 pm

शेयर बजारमा भारी गिरावट

प्रकाशित मिति

२०८१ पुष १ गते, सोमबार ०३:३१

पुष १, २०८१ काठमाडौँ: शेयर बजारमा सोमबार उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको हो ।

पुस महिनाको पहिलो दिन शेयर बजार उच्च अंकले घट्दा लगभग छ अर्बको कारोबार भएको छ । यस दिन ५ अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँको कारोबार भएको छ ।

आज सबै समूहका सूचक घट्दा फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट आएको हो । यस दिन कुथेली बुखरी हाइड्रोपावरमा भने सकारात्मक सर्किट लागेको छ ।

यस दिन ३०४ कम्पनीको एक करोड २७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । २६ करोड ४५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा छ ।

प्रतिकृया