अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार १०:३८
मंसिर २६, २०८१ काठमाडौँ: नेपाल अंग प्रत्यारोपण समाजको आयोजनामा आगामी शनिबारदेखि यहाँ अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । समाजका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठका अनुसार सम्मेलनमा भारत, जापान, नेदरल्याण्ड्स, बेलायतका १९ जना विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् । साथै सम्मेलनमा अंग प्रत्यारोपणसम्बन्धी २६ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।
उनले मस्तिष्क मृत्युपछि कलेजो र मिर्गौला दान गर्न सकिने बताउँदै सर्वसाधारणलाई अंगदानका निम्ति प्रेरित गर्नु सम्मेलनको उद्देश्य भएको जानकारी दिए । मिर्गौला, मुटु, फोक्सो, कलेजो, सानो आन्द्रा, आँखा र प्यानक्रियाज मस्तिष्क मृत्युपछि पनि दान गर्न सकिन्छ ।
Related
Recent News
- ट्रम्पलाई युद्धको जोखिम नमोल्न इरानी राष्ट्रपतिको चेतावनी
- आशिका तामाङ पक्राउ
- धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धि तथा स्थानान्तरण प्रक्रिया अघि बढाइयो
- देउवाले बोलाए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
प्रतिकृया