कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रकाशित मिति
२०८१ मंसिर २६ गते, बुधबार ०८:४०
मंसिर २६, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशको तराईका स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिकृया