• २० भदौ २०८३, शनिबार
  • २ः०८ राती

दूतावास नभएको देशमा एनआरएनएले सरकारी दूतको रुपमा काम गरेको छ : अध्यक्ष डा बद्री केसी

प्रकाशित मिति

२०८१ मंसिर १६ गते, आईतवार ११:१५

मंसिर १६, २०८१ काठमाडौँ: गैरआवसीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पु¥याइरहेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा. केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दुतको रूपमा एनआरएनएले काम गरिरहेको बताउनुभएको हो ।

National Life

उक्त अवसरमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गर्नुभयो । विदेशीलाई जसरी नभई नेपाली नागरिक सरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उहाँले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने उल्लेख गर्नुभयो ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल जारी छ । एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेको सभापतित्वमा भएको कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामाले स्वागत मन्तव्य दिनु भएको थियो ।

Classic Tech Desktop

नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो ।
नाकानो नगरका मेयर प्रमुख आतिथ्यतामा भएको फÞेस्टिवलमा एनआरएनए जापानका महासचिव टिकाराम खरेल र जनजाति महासंघ जापानकी महासचिव प्रेमिला राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतिकृया