• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

१८औ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंक लिमिटेडद्धारा गरिमा रोड रेश कम्पिटिशन

प्रकाशित मिति

२०८१ मंसिर ९ गते, आईतवार ११:०७

मंसिर ९, २०८१ काठमाडौँ: “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित गरिमा रोड रेश कम्पिटिशन २०८१ सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगिताका प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएका रोड रेश कम्पिटिशनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।

Kamana Sewa

खुल्ला तर्फको १० किमी. दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ किमी दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाट काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

Classic Tech Desktop

कुल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरुलाई क्रमशः रु.७५,०००/ रु.६०,०००/, रु.४५,०००/, रु.३०,०००/ र रु.१५,०००/नगद पुरस्कार, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो।

गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए।

विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए।

कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ किमी.र १० कि.मी.दुरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए।

साथै, विकास बैंकले गत कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रति गोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको रु. १ लाख नगद पुरस्कार समेत आज आयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ।

गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया