• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ मंसिर ७ गते, शुक्रबार १२:०८

मंसिर ७, २०८१ काठमाडौँ: साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघकाअनुसार शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया