• ४ साउन २०८३, सोमबार
  • ३:१७ बिहान

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी

प्रकाशित मिति

२०८१ कार्तिक २७ गते, मंगलवार ०४:३८

कार्तिक २७ , २०८१ काठमाडौँ: फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ। नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ kWh ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी)। साथै, यसमा १३० kWh अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५% ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ।
एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं –यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ। माउन्टेन ईभी आफ्नो सेग्मेंटको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको ह।”

Kamana Sewa

माउन्टेन ईभी १४ देखि १६ सीट सम्मको विभिन्न मोडलहरूमा उपलब्ध छ, जसमा अत्यधिक स्पेस र आरामदायी हाई रुफको सुविधा छ। यसमा रहेका विभिन्न सुविधाहरू समावेश छन्:

Classic Tech Desktop

● अटो होल्ड कन्ट्रोल
● स्मार्ट पार्किङ सहयोग
● हिल होल्ड कन्ट्रोल (एचएचसी)
● दुईवटा ड्राइभिङ मोड
● आर१६ ड्यूरेबल टायरहरू

नेपाली बजारमा फोटनको ब्रान्ड मूल्य ३१.४ अर्ब रहेको छ र विद्युतीय र व्यवसायिक सवारी साधन विकासमा गहिरो विशेषज्ञता रहेको छ। यसले नेपालका लागि एक स्वच्छ र दिगो भविष्य निर्माणमा ठूलो योगदान पुर्याउनेछ।

प्रतिकृया