• १ असोज २०८३, बिहीबार
  • १२ः२३ राती

रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगियो

प्रकाशित मिति

२०८१ कार्तिक २७ गते, मंगलवार ११:२०

कार्तिक २७ , २०८१ पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ ।

National Life

बिहान भिजिविलिटी नहुँदा उडान हुन सकेको थिएन । करिब ४ घण्टासम्म विमानस्थलमा कुरेर अहिले १० बजेर ३० मिनेटमा उडान भएको हो । बुद्ध एयरको विमानमार्फत निर्धारित समय बिहान ७ बजेर ४५ मिनेटको उडानका लागि रविलाई बिहानै प्रहरी टोलीले पोखरा विमानस्थल पुर्‍याएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

उनलाई चारपल्ट अदालत उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय गत २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ । यसरी आगामी ७ मंसिरसम्म उनी कास्की प्रहरी हिरासतमै रहने छन् ।

यसैबीच, रास्वपाका कार्यकर्ताले भने राजनीतिक प्रतिशोधको आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया