• ८ असोज २०८३, बिहीबार
  • ७ः१५ बेलुका

बसको ठक्करबाट एक युवाको मृत्यु, दुईको अवस्था गम्भीर

प्रकाशित मिति

२०८१ कार्तिक २१ गते, बुधबार ११:३६

कार्तिक २१ , २०८१ भरतपुर : चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।

National Life

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनमध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया