साफ वुमन्स च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै
प्रकाशित मिति
२०८१ कार्तिक ७ गते, बुधबार ०९:५०

कार्तिक ७ , २०८१ काठमाडौँ: साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज बङ्गलादेशले भारतको सामना गर्दैछ । समूह ए को अन्तिम खेलमा साबिक विजेता बङ्गलादेशले भारतविरुद्ध लड्न लागेको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे हुनेछ । भारत यसअघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।
भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५\२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १(१ गोलको बराबरी खेले । यस खेलको नतिजाले भारतलाई एक खेल अगावै सेमिफाइनलमा पुर्याएको हो ।
बङ्गलादेशको लागि सेमिफाइनल पुग्न भारतसँग हार टारे पुग्नेछ । भारत जित वा बराबरीले समूह विजेता बन्नेछ । यही बंगलादेश विजयी भए बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।
यस खेल बङ्गलादेशको लागि मात्र नभएर पाकिस्तानको लागि पनि महत्त्वपूर्ण छ । तीन वा बढी गोल अन्तरले बंगलादेश भारतसँग पराजित भएमा पाकिस्तानको सेमिफाइनल ढोका खुल्नेछ । त्योभन्दा कम अन्तरमा बंगलादेश पराजित भएमा भने बंगलादेश नै सेमिफाइनल पुग्नेछ र पाकिस्तान बाहिरिनेछ ।
प्रतिकृया