• 5:16 pm

सन्दीपले पाए अमेरिकाको भिसा, आजै उड्ने

प्रकाशित मिति

२०८१ कार्तिक २ गते, शुक्रबार ०३:३४

कार्तिक २ , २०८१ काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेले भिसा पाएको जानकारी गराएको हो ।

लामिछाने आज बेलुका नै अमेरिका उड्ने कार्यक्रम रहेको क्यानले जनाएको छ । अब सन्दीपले स्कटल्याण्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुने लिग–२ मा नेपालको लागि खेल्ने बाटो खुलेको छ ।

प्रतिकृया