• ९ असोज २०८३, शुक्रबार
  • ६ः२६ बिहान

अमेरिकामा ‘हेलेन’ आँधीले मृत्यु हुनेको संख्या २०० नाघ्यो

प्रकाशित मिति

२०८१ आश्विन १८ गते, शुक्रबार ११:४८

असोज १८ , २०८१ काठमाडौँ: अमेरिकाको दक्षिण–पश्चिम क्षेत्रमा ‘हेलेन’ नामको आँधीले ठूलो क्षति पुर्याएको छ । यस आँधीका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ । अमेरिकी उद्धारकर्मीहरूले आँधीबाट बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

National Life

हेलेनको कारण आधाभन्दा बढीको मृत्यु नर्थ क्यारोलिनामा भएको छ । २००५ मा क्याट्रिना तूफान पछि हेलेन यहाँ सबैभन्दा घातक आँधी साबित भएको छ । सन् २००५ मा यहाँ आएको आँधीका कारण १८ सयभन्दा बढीको मृत्यु भएको थियो ।

हेलेन आँधीले ल्यान्डफल गरेको झण्डै एक सातापछि पनि सयौं मानिस अझै पनि यस क्षेत्रमा बेपत्ता छन् र करिब ८ लाख घरहरू अझै पनि बिजुलीविहीन छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधीबाट प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया