• २१ असोज २०८३, बुधबार
  • ७ः१५ बिहान

५९ अकंले घट्यो बजार, परिसूचक २५२९ बिन्दुमा

प्रकाशित मिति

२०८१ आश्विन ७ गते, सोमबार ०३:५८

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार घट्दै परिसूचक २५२९ बिन्दुमा झरेको छ । घटेको बजारमा कारोबार रकम पनि कम भएको छ ।

National Life

आज कुल ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार २२९ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको बढ्दा एक कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको २१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको सीईडीबी हाइड्रोपावरको १३ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया