• १८ भदौ २०८३, बिहीबार
  • ३ः५६ दिउँसो

राष्ट्रिय झण्डाले दरबार मार्ग ढपक्क, ओलीको अगाडि बालेनको पक्षमा नारा (फोटोफिचर)

प्रकाशित मिति

२०८१ आश्विन ४ गते, शुक्रबार ०७:१९

असोज ४, २०८१ काठमाडौँ:  सरकारले संविधान दिवस भव्यपूर्वक मनाएको छ । सो क्रममा दरबार मार्गमा नेशनल डे कन्सर्ट आयोजना गरियो । दरबार मार्ग राष्ट्रिय झण्डाले ढपक्क ढाकिएको थियो । नेशनल डे कन्सर्ट आयोजना भइरहेको दरबार मार्ग क्षेत्रमा नेपालको झण्डा फहराइएको हो ।

संविधान दिवसको अवसर पारेर आयोजना भएको नेशनल डे कन्सर्टका लागि हजारौँ मानिस दरबार मार्ग क्षेत्रमा पुगे । मानिसहरूको आवागमन हेरेर करिब पाँच हजार सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो ।

Kamana Sewa

केपी ओली दरबार मार्गमा, बालेनको पक्षमा हुटिङ
प्रधानमन्त्री केपी शर्मा ओली पनि पत्नी राधिका शाक्यका साथ उक्त कन्सर्ट हेर्न दरबारमार्ग पुगे । बिहीबार साँझ कन्सर्ट अवलोकनका लागि पुगेका उनले पनि मनोरञ्जन लिएका थिए । सो अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

Classic Tech Desktop

ओलीले स्टेजमा पुगेर संविधान दिवसको शुभकामना दिएका थिए । तर उनी पुगेका बेला काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनको पक्षमा हुटिङ भएको थियो ।

बालेनका समर्थकहरूले बालेन, बालेन भनेर हुटिङ गरेका हुन् । पछिल्लो समय विभिन्न जात्रा तथा विशेष समारोहमा बालेनका समर्थकहरूले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरू पुगेका बेला बालेनको पक्षमा हुटिङ गर्दै आएका छन् ।

प्रतिकृया