• ४ साउन २०८३, सोमबार
  • ७:०६ बेलुका

११५ थान नक्कली नोटसहित एक युवक पक्राउ

प्रकाशित मिति

२०८१ भाद्र ३१ गते, सोमबार ११:१७

भदौ ३१, २०८१ काठमाडौँ:  प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् ।

३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

Kamana Sewa

सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको एसपी सुवेदीले जानकारी दिए । आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया