• १८ भदौ २०८३, बिहीबार
  • ३ः१८ दिउँसो

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८१ श्रावण ११ गते, शुक्रबार १०:३५

साउन ११, २०८१ काठमाडौँ: शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा झरेको हो ।

शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतिततोला १७ सय ३० रुपैयाँमा झरेको हो ।

Kamana Sewa

प्रतिकृया