• १८ भदौ २०८३, बिहीबार
  • १ः५३ दिउँसो

मस्तिष्क मृत्यु पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रकाशित मिति

२०८१ असार ३० गते, आईतवार १०:३७

असार ३०, २०८१ काठमाडौँ: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम सम्पन्न भयो । काठमाण्डौ उपत्यका भित्रका अंगदान हुन सक्ने अस्पतालहरुमा कार्यरत न्युरो तथा अन्य शल्यचिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फोरेन्सिक विशेषज्ञ, महानगरिय प्रहरी कार्यालय अन्तर्गत काठमाण्डौ उपत्यका भित्रका सम्पूर्ण प्रहरी कार्यालयका अधिकृत प्रतिनिधिहरु, ट्राफिक प्रहरीहरु र पत्रकार सहितको टोलिसँग मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि वृहत छलफल भयो ।

मस्तिष्क मृत्य पश्चात हने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस भनी जनचेतनाको अभिवृद्धि गर्ने कार्यलाई सबैभन्दा महत्व दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो । यस बाट चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मी, राजनितिज्ञ, पत्रकार, कानून व्यवसायी, समाजसेवी तथा कलाकार सबैमा जानकारी भयो भने मात्र यो काम अघि बढ्न सक्छ, आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिन्छ र सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको कुरा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।

Kamana Sewa

सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्यूबाट भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर अंग प्रत्यारोपण बाट बञ्चित हुने कार्यको अन्त्य हुने विस्वास डा श्रेष्ठले राख्नु भयो ।
मस्तिष्क मृत्यूबाट हुने अंग विरतण पारदर्शी बानाउन नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने जानकारी गराइयो ।
कार्यक्रममा प्रहरी अधिकृत, चिकित्सक तथा अन्य सहभागीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा मस्तिष्क मृत्यू बाट हुने अंगदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि विभिन्न सुझाव प्राप्त भएको र संस्थागत रुपमा नीति बनाइ कायान्वयन गर्नु पर्ने निष्कर्ष सहित कार्यक्रमको समापन भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया