• ९ असोज २०८३, शुक्रबार
  • ६ः२४ बिहान

ख्वप मिनिबस सेवा समितिको कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर

प्रकाशित मिति

२०८१ जेष्ठ २ गते, बुधबार ०९:५४

जेठ २, २०८१ भक्तपुर : भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९ । १०। २३ गते भएको संचालक समिति को निर्वाचन कम्पनी ऐन ,नियम तथा प्रा.लि.को प्रवन्धपत्र तथा नियमावली बिपरित भएको भनी उच्च अदालत पाटनले उक्त साधारण सभा तथा निर्वाचन बदर गरिदिएको हो । राजुभाइ लोहला र जागेश्वर गिरी समेतले कम्पनी रजिष्टारको कार्यालयमा गरेको उजुरीका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट मिति २०८० ।२। २२ गते निर्णय गर्दै मिति २०७९।१०।२३ को निर्वाचन बदर गरी साविक कै गणेशप्रसाद लोहला अध्यक्ष रहेको संचालक समिति कायम गरी सो संचालक समितिबाट उपयुक्त समयमा कानून बमोजिम साधारण सभा गरी बैधानिक संचालक समिति गठन गर्न निर्णय गरेको थियो ।

National Life

जसको विरुद्दमा निर्वाचित भनिएका ज्ञानेन्द्र महर्जन समेतले उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा उच्च अदालत पाटनबाट मिति २०८१।१।३० गते माननिय मुख्य न्यायाधीस नृपध्वज निरौला र श्याम कुमार भट्टराईको इजलाशबाट सुरु सदर अर्थात कम्पनी राजिष्ट्रारको कार्यालयबाट भएको निर्णयलाई सदर हुने गरी फैसला भएको हो ।

उच्च अदालत पाटनको फैसला सँगै लामो अवधि देखि रहेको ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लिको बिबाद समाधान भएको छ । तथापी निर्वाचित भनिएको संचालक समितिका नाममा बैठक वोलाउने, निर्णय गर्ने गरेको भनि केही ब्यबसायीहरु अदालतको अपहेलना तथा सार्वजनिक यातायातका रुपमा रहेको ब्यबसायीक समितिका आर्थिक कारोवारका बारेमा सम्बन्धित निकायम उजुरी गर्ने र निर्वाचित भनिएका संचालकहरु बिरुद्द कानूनी लडाई लड्ने तयारी गरिरहेको बताएका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्मानित उच्च अदालतको फैसलालाई नजर अन्दाज गर्ने प्रयत्न प्रति ब्यबसायीहरु अचम्मीत भएका छन् ।

प्रतिकृया