• ८ असोज २०८३, बिहीबार
  • ६ः३४ बेलुका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकःआज प्रतिवेदनमाथि छलफल

प्रकाशित मिति

२०८१ बैशाख ९ गते, आईतवार ०८:३४

वैशाख ९, २०८१ काठमाडौँ: नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा पेस भएका प्रतिवेदनमाथि आइतबार समूहगत छलफल हुँदै छ। शनिबार पेस भएका प्रतिवेदनमाथि आइतबार छलफल हुन लागेको हो।

National Life

प्रतिवेदनलाई आइतबारै पारित गरेर बैठक समापन गरिने तयारी रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। पार्टीले शनिबारको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।

परिषद्को प्रथम बैठकमा शनिबार अध्यक्ष ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आंकाक्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ। परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन्।
बैठकमा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुने ओलीले सचिवालयले देशसञ्चारलाई जानकारी दिएको छ।

सोमबार(भोली) नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने एमालेले जनाएको छ ।

प्रतिकृया