• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:48 am

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

प्रकाशित मिति

३ बैशाख २०८१, सोमबार १२:३२

वैशाख ३, २०८१ काठमाडौँ: कुमारी बैंक लिमिटेडले चार लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखेको हो ।

सो सेयरमा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

आवेदन वैशाख ११ गतेसम्म दिन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया