• २१ जेठ २०८३, बिहीबार
  • ९:४६ बिहान

डोल्पा डढेलो : घाइते एक बालकको मृत्यु

प्रकाशित मिति

२०८० चैत्र ३० गते, शुक्रबार ११:२७

चैत्र ३०, २०८० काठमाडौँ: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए ।

Kamana Sewa

बाँकी दुई जनाको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका थिए ।

Classic Tech Desktop

उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल पुर्याएर हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा. अखण्ड उपाध्यायले बताए ।

प्रतिकृया