• ८ जेष्ठ २०८१, मंगलवार
  • 10:18 am

छिटै वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउँदैछौं : वनमन्त्री

प्रकाशित मिति

२९ चैत्र २०८०, बिहीबार १६:०८

चैत्र २९, २०८० काठमाडौँ: वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा वनस्पति विभागको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री साहले यस्तो बताउनुभएको हो ।

मन्त्री साहले वनस्पति विभिागले गरिराखेका कामहरु थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रश्तावित वनस्पति विधेयकलाई ऐनको रुपमा ल्याउनु रहेको बताउनुभयो । उहाँले जडिबुटी र सुगन्धित तेलको व्यापार प्रवद्र्धनमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।

मन्त्री साहले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरु दिनप्रतिदिन संकटमा परिरहेको बताउनुभयो । उहाँले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले राष्ट्रिय वनस्पती उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरुलाई समेत समय सापेक्ष रुपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री साहले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पु¥याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिकृया