• ८ असोज २०८३, बिहीबार
  • ९ः५७ राती

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार ०३:४८

चैत्र १९, २०८० काठमाडौँ: नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुप – बालाजु अटो वर्कसले २९ मार्च, २०२४ मा, बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक ) अर्जुन प्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरको साथै अग्नि ग्रुप, नेटवर्क्सका सम्मानित अतिथिहरूको उपस्थितिमा स्काई गार्डेन रिसोर्ट, धुलिखेलमा सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सफलतापूर्वक सम्पन्न गरिएको छ ।

National Life

कार्यक्रममा विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक ) अर्जुन प्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका बिभाग प्रमुखहरुद्वारा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो जसमा बेस्ट फोटो अफ द केयर फेस्ट – अग्नि आस्था, इटहरी , बेस्ट कस्टमर इन्गेजमेन्ट – ओम श्री बाराही अटो वर्कस, हाइएस्त m(त्चबअप इनरोलमेन्ट – अग्नि आस्था, इटहरी, हाई पफर्मर – अग्नि आस्था, भैरहवा , हाई याचिबर – ठाकुर अटो केयर सेन्टर प्रा लि ले जित्न सफल हुनुभएको थियो साथै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ – बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ – सशी पजियर साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि. बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ – राजेश लाघेलाई उहाँहरूको मूल्यवान योगदान का लागि सम्मानित गरिएको थियो । समारोहले उत्कृष्टताप्रति सहभागीको समर्पणलाई प्रदर्शन गर्दै सदस्यहरूको उल्लेखनीय क्षमतालाई हाइलाइट गरिएको थियो ।

कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गर्नुभयो । उहाँले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रेरणा र सफलताले भरिएको दिनको अन्त्यमा, सहभागीहरूले उत्साहजनक महसुस गर्दै कार्यक्रमको अन्त्य गर्दै ककटेल डिनरको साथमा म्युजिक र डीजेको साथ कार्यक्रम पछिको पार्टीको मजा लिए ।

प्रतिकृया