• ९ असोज २०८३, शुक्रबार
  • १ः२१ राती

साेमबार पनि घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ८७ करोड

प्रकाशित मिति

२०८० चैत्र १९ गते, सोमबार ०३:३९

चैत्र १९, २०८० काठमाडौँ: साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । सोमबार सेयर बजार मापक नेप्से सूचक ६.२७ अंकले घटेर २०१२.०७ अंकमा झरेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार घटेको थियो । आइतबार नेप्से सूचक १७ अंकभन्दा धेरैले घटेको थियो ।

National Life

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय १५ कम्पनीको ६३ हजार १५ पटकको कारोबारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि आज दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज महुली लघुवित्तको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । यस दिन रिभर फल्स पावर कम्पनीको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी, हिमालयन हाइड्रोपावर र अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कारोबार रकमका आधारमा यस दिन सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज शिवम सिमेन्ट्सको ११ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । आज १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत र व्यापार उपसमूहको ०.२० प्रतिशत बढेको हो । घटेका उपसमूहको गिरावट दर यस दिन १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रतिकृया