• ८ असोज २०८३, बिहीबार
  • १०ः०१ राती

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

प्रकाशित मिति

२०८० चैत्र १८ गते, आईतवार ०५:२७

चैत्र १८, २०८० काठमाडौँ: विभिन्न स्थानबाट लागुऔषाधसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरबाट अवैध लागूऔषध गाँजा करिब ७० किलोसहित सोही ठाउँ बस्ने २४ वर्षीय विच बहादुर वाईवा kqmfp k/]sf 5g\ . प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले ४ जना व्यक्तिहरुले उक्त गाँजा बोरामा बोकी ल्याउँदै गरेको अवस्थामा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । फरार भएका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

National Life

त्यसैगरी सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्रामसहित रामेछाप दोरम्बा गाउँपालिका-२ बस्ने २० वर्षीय सुबोध श्रेष्ठ समेत ३ जनालाई राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बा. प्र ०१-०२८ च ३६१२ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रुपन्देहीsf] ओमसतिया गाउँपालिका-४ रोहिणी पुलबाट अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका-२ बस्ने २० वर्षीय अजित हरिजन र १९ वर्षीय काजु चमार रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-८ हरिसचन्द्रगडीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही नगरपालिका-६ पटियापाडा बस्ने २० वर्षीया सुलेखा राजबंशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले प्र.न.१-०२ -००३ ह ७०१५ नम्बरको सिटीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै सप्तरीका हनुमाननगर कंकालनी नगरपालिका-११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया