• १७ असोज २०८३, शनिबार
  • १२ः१७ दिउँसो

सांसद मञ्जु अन्सारीको निधन

प्रकाशित मिति

२०८० चैत्र ४ गते, आईतवार ११:३५

चैत्र ४, २०८० काठमाडौँ: प्रतिनिधि सभा सदस्य माननीय मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

National Life

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज हुनुभएको थियो । उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य रहेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।

प्रतिकृया