• १५ असोज २०८३, बिहीबार
  • ८ः०१ बिहान

उपभोक्ता हक हित तथा सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८० चैत्र ३ गते, शनिबार ०६:४०

चैत ३, २०८० काठमाडौँ: आज चैत्र ३ गते ४२ औ विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता मञ्च नेपाल द्वारा संस्थाको केन्द्रिय कार्यालय भृकुटि मण्डप, प्रदर्शनी मार्ग, काठमाडौँमा राष्ट्रिय मानव अधिकार का आयुक्त माननिय श्रि मिहिर ठाकुर ज्यु को प्रमुख आतिथ्य तथा उपभोक्ता मञ्च नेपालको केन्द्रिय महा सचिव श्री सत्रुघन प्रसाद देव ज्यु को सभापतित्वमा उपभोक्ता हक हित तथा सचेतना सम्बन्धि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

National Life

उक्त कार्यक्रममा माननिय आयुक्त श्री मिहिर ठाकुर ज्यु, पुर्व मन्त्री श्री बद्रि बस्नेत ज्यु, संस्था का केन्द्रिय सचिव श्रि शम्भु साह ज्यु, कोषाध्यक्ष श्रि डिल्लिराम ढकाल ज्यु, केन्द्रिय सदस्य श्री ऋषिराज गौतम ज्यु, तथा नगर कमिटी अध्यक्ष श्री निमा लामा ज्यु लगायतका वक्ताहरुले उपभोक्ता हकहित अधिकार संरक्षण, बढ्दो महंगी एवम् कालाबजारी नियन्त्रण् तथा नेपाल सरकारले अबिलम्ब उपभोक्ता अदालत गठन गर्नुपर्ने आवश्यकता रहेको सम्बन्धमा आफ्ना धारणाहरु राख्‍नुभएको थियो ।

उक्त कार्यक्रमको संचालन उपभोक्ता मञ्च नेपालको केन्द्रिय प्रवक्ता श्री उज्वल राज गौतम ले गर्नु भएको थियो । आजैका दिन उपभोक्ता मञ्च नेपालले नेपालमा उपभोक्ता अदालत गठन गर्नुपर्ने र उपभोक्ता मुखि अन्य बिभिन्न मागहरु राख्दै केन्द्रमा सम्माननिय प्रधानमन्त्री ज्युको कार्यालय मा र संस्थाको ७७ वटै जिल्ला कमिटी ले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय मार्फत सम्माननिय प्रधानमन्त्री ज्युको कार्यालय मा ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत समपन्न गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया