• 11:00 am

रञ्जिता श्रेष्ठ भन्छिन्- पार्टीको कुराले रेशम चौधरीसँग डिभोर्स हुँदैन

प्रकाशित मिति

२०८० फाल्गुन ३० गते, बुधबार ०५:३१

फागुन ३०, २०८० काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ (चौधरी) ले पार्टी विवादले रेशम चौधरीसँग समबन्धबिच्छेद नहुने बताएकी छिन् ।

बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा रेशम र आफ्नो फरक मत रहेको भने स्विकारिन् ।

सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन्– ‘‘विवाह भएको २५ वर्ष भइसकेको छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ । डिर्भोस हुँदैन ।’’

प्रतिकृया