• २९ भदौ २०८३, सोमबार
  • १ः२५ राती

टोखामा सेवाग्राहीले सुशासनको प्रत्याभूती गर्दै

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार १२:३१

फागुन २३, २०८० काठमाडौँ: टोखा नगरपालिकाले नगरपालिकालाई सुशासन युक्त नगरपालिका बनाउने अधिकतम प्रयास गर्दै आएको छ । नगर प्रमुख प्रकाश अधिकारीको राजनीतिक नेतृत्व र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीको प्रशासनिक नेतृत्वमा टोखा नगरपालिकाले सेवा प्रवाहलाई अधिकत्तमरुपमा प्रविधिमैत्री बनाएर सेवा प्रावह गर्दै आएको छ ।

National Life

नागरिकलाई छिटो,छरितो, भरपर्दो रुपमा सेवा प्रवाह गरेर सेवाग्राहीलाई सुशासनको प्रत्याभूति दिलाउँदै गएको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले नगरपालिकाका सबै कर्मचारी र विद्यालय शिक्षकसँग कार्यसम्पादन करार गरेर न्यूनतमरुपमा ८० प्रतिशत अंश हासिल गर्नुपर्ने गरी कार्यान्वयन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाको सबै शाखाबाट आइसीटी बेस सेवा प्रवाह भइरहेको, कुनै सेवाग्राहीलाई नगरपालिकामा आउने वित्तिकै सहज र सर्वसुलभरुपमा सेवा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ । उहाँका अनुसार नगरपालिकामा फरक फरक आस्था राख्ने राजनीतिक पार्टीको जनप्रतिनिधि रहे पनि सबै जनप्रतिनिधिले सामूहिक रुपमा एकढिक्का भएर काम गरेरकाले पनि विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन संभव भएको हो ।

विसीले भन्नुभयो, “जनप्रतिनिधिले मिलेर काम गर्दा विकास निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाउन सकिन्छ भनेर टोखा नगरपालिकालाई ७५३ वटै नगरपालिका मध्येमा उदाहारण बनाउन आफू निरन्तर क्रियाशिल भएर लागि परेको छु ।”
टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण समिति गठन गरी, करिडोर क्षेत्रमा सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यलाई तीव्रता दिएको चर्चा गर्दै अतिक्रमित जग्गाको खोजी खोजी संरक्षण गर्ने अभियानमा नगरपालिका सक्रिय भएर लागेको छ ।
नगरपालिकाको आन्तरिक स्रोत बृद्धि गर्न कर सप्ताह आयोजना गरिएको चर्चा गर्दै उहाँले ठूला करदाताले अहिले करको दायरामा आएको जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया