• २८ भदौ २०८३, आइतबार
  • ११ः४९ राती

उपत्यकाकै रमणीय गोतामथोकमा फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार ११:२४

फागुन २३, २०८० काठमाडौँ: नागार्जुन नगरपालिका वडा नंं ७ स्थित् खड्कुले चौरमा सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज २०२४ आयोजना हुने भएको छ । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते शनिबार फुटबल च्याम्पियनसिप सिरिज २०२४ हुन लागेको हो ।

National Life

खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फुटबल च्याम्पियनसिप सिरिज २०२४ आयोजना गर्न लागिएको महादेव युवा क्लबले मंगलबार गोतामथोक नै पत्रकार सम्मेलन गरी जनाएको छ । काठमाडौं जिल्लाकै उच्च स्थान १५९० मिटर उचाइमा रहेको सुन्दर खेल मैदान खड्कुले चौरको बारेमा आमनागरिकलाई जानकारी गराउने उद्देश्यले एकदिने मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजन गर्न लागिएको जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँले उक्त खेलमैदानलाई राष्ट्रियस्तरको खेल मैदान बनाउन आफू निरन्तर क्रियाशिल भएको भन्दै नागार्जुन नगरपालिकाले पनि आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो । उक्त क्षेत्रमा बजेट विनियोजन गरि आगामि बर्षबाट आवासियसहितको खेल मैदान निर्माणको कार्यको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मैत्रीपूर्ण रुपमा हुने सो प्रतियोगितामा युरोपका चर्चित लिगका चार सपोर्टर क्लब चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवाक्लबले प्रतिस्पर्धा गर्नेछन् ।

पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शैलेन्द्र लामाले नगरपालिका आफैंमा खेलप्रेमी भएको भन्दै प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नागार्जुन नगरपालिका वडा नं. ६ का पूर्व वडाध्यक्ष तथा नागार्जुन नगरपालिका खेलकुद समितिका संयोजक राजेन्द्र बुढाथोकी, महादेव युवा क्लबका अध्यक्ष राजु सापकोटाले फुटवल प्रतियोगिताले पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । सो अवसरमा क्लबले विगतमा आयोजना गर्दे आइरहेको विभिन्न गतिविधिहरुका बारेमा जानकारि गराइएको थियो ।

नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवद्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्युचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३० हजार रुपियाँ प्रदान गरिने छ । त्यस्तै उपविजेतालाई नगद रु. १५ हजार र विधागत रुपमा उत्कृष्ट हुने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र उच्चगोलकर्तालाई जनही .पाँच हजार रुपियाँ पुरस्कार रुवरुप प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतिकृया