• 10:47 am

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भेटे प्रधानमन्त्री

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार १०:४६

फागुन २३, २०८० काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । उनी बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन् ।

मंगलबार प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।

नेपालले पार्टीको बैठकबाट आवश्यक निर्णय लिने जवाफ फर्काएका थिए । आजै सो पार्टीको बैठक बस्न लागेको सन्दर्भमा खनाल प्रम भेट्न पुगेका हुन् ।

प्रतिकृया