• 4:06 am

त्रिशूली बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार ०८:५७

फागुन २३, २०८० काठमाडौँ : त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु २ ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा दुर्घटनामा परेको थियो । बुधबार बिहान भएको सो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए।।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धारमा खटिरहेका छन् । सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेको छ ।

बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिकृया