• ८ असोज २०८३, बिहीबार
  • ११ः२१ राती

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमाथि

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार ०३:२८

फागुन १६, २०८० काठमाडौँ: साताको कारोबारको चौथो दिन नेप्सेमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ० दशमलव ८७ अंकले घटेर २००० दशमलव ७७ विन्दुमा पुगेको छ ।

National Life

बुधबार ३०८ कम्पनीका ४१ हजार ६ सय ८९ पटकको कारोबारमा ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ६३ अंकले घटेर ३५६ दशमलव ४५ को विन्दुमा पुगेको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चर सेक्टर रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया