• १० असोज २०८३, शनिबार
  • १२ः०९ राती

नामिबियाविरुद्ध ललितले नै लिए दोस्रो विकेट

प्रकाशित मिति

२०८० फाल्गुन ३ गते, बिहीबार ०२:०५

फागुन ३, २०८० काठमाडौँ: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका ललितनारायण राजवंशीले नै दोस्रो विकेट लिएका छन् ।

National Life

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १३.१ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका ललितले नामिबियाका माइकल भान लिन्गेनलाई अनिल साहबाट क्याच गराए । भान लिन्गेनले ३३ बलमा तीन चौकासहित २३ रन बनाए । यसअघि नेपालका लागि पहिलो विकेट पनि ललितले नै लिएका थिए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा नामिबियाले दुई विकेट गुमाएर ५६ रन बनाएको छ । त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया