• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगद्धारा आह्वान

प्रकाशित मिति

२०८० माघ २२ गते, सोमबार ०१:४२

माघ २२, २०८० काठमाडौँ: वि.सं. २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त भएको जानकारी प्राप्त भए बमोजिम उक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको जनाएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ। साथै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको छ। मतदाता दर्ता सम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ। तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको छ ।

Kamana Sewa
क्र.सं. प्रदेश जिल्ला रिक्त पद स्थानीय तहको नाम वडा नं.
कोशी इलाम २ प्रतिनिधि सभा सदस्य ‍-  –
सुनसरी वडा अध्यक्ष गढी गाउँपालिका
उदयपुर वडा अध्यक्ष त्रियुगा नगरपालिका १२
मधेश रौतहट़ वडा अध्यक्ष इशनाथ नगरपलिका
रौतहट़ वडा अध्यक्ष राजपुर नगरपालिका
वागमती दोलखा उपाध्यक्ष गौरीशंकर गाउँपालिका     –
काठमाडौं वडा अध्यक्ष कीर्तिपुर नगरपालिका
काठमाडौं वडा अध्यक्ष काठमाडौं महानगरपालिका १६
नुवाकोट वडा अध्यक्ष ककनी गाउँपालिका
१० मकवानपुर वडा अध्यक्ष हेटौडा उपमहानगरपालिका १२
११ गण्डकी गोरखा वडा अध्यक्ष गोरखा नगरपालिका
१२ लुम्बिनी गुल्मी वडा अध्यक्ष मुसिकोट गाउँपालिका
१३ रोल्पा वडा अध्यक्ष रून्टिगन्टी गाउँपालिका
१४ बर्दिया वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका
१५ कर्णाली दैलेख अध्यक्ष महाबु गाउँपालिका
१६ कालिकोट वडा अध्यक्ष तिलागुफा नगरपालिका
१७ जाजरकोट वडा अध्यक्ष कुशे गाउँपालिका
१८ जाजरकोट नगर उपप्रमुख नलगाड नगरपालिका  –
१९ सुदूरपश्चिम बझाङ १ को १ प्रदेश सभा सदस्य
२० दार्चुला वडा अध्यक्ष दुहुँ गाउँपालिका
२१ बझाङ वडा अध्यक्ष सुर्मा गाउँपालिका
२२ डोटी वडा अध्यक्ष पूर्वीचौकी गाउँपालिका
२३ बाजुरा उपाध्यक्ष स्वामीकार्तिक खापर गाउँपालिका  –

Classic Tech Desktop

प्रतिकृया