• २५ असार २०८३, बिहीबार
  • ५:५२ बिहान

उद्योगी व्यवसायी श्री अरुण चौधरीको पक्राउप्रति नेपाल च्याम्बर अफ कमर्सको आपत्ति

प्रकाशित मिति

२०८० माघ १९ गते, शुक्रबार १२:५२

माघ १९, २०८० काठमाडौँ: देशको प्रतिष्ठित उद्यमी व्यवसायी एवं सी.जी.होल्डिङ्गसका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण कुमार चौधरीलाइ सरकारी जग्गा हडपेकोे बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्री कब्जामा राख्ने कदम सम्पूर्ण निजि क्षेत्र प्रतिको मान मर्दन गर्ने नियतवश चालिएको कदमको रुपमा महसुस भएको नेपाल च्याम्बर अफ कमर्सले जनाएको छ । उक्त घटनाको संघले आपत्ती तथा विरोध गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि विषयमा सुक्ष्म अनुसन्धान कै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रिया प्रति हाम्रो असहमति छ । विगतमा पनि जग्गा कै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौ थुन्ने काम भएको थियो । जग्गाको विषयमा अनुसन्धान बाट गलत र दोषी देखिए विवादित जग्गा कहीं नजाने र सो हकवालाले कब्जा गरी लिन दिन सकिने विषय हो । यसलाई निहुँ बनाएर व्यक्तिलाई हिरासतमा राख्नु सही कदम हुन सक्दैन ।”

Kamana Sewa

विज्ञप्तिमा अगाडि भनिएको छ, “लगानी गरी, रोजगारी दिई, राजस्व बुझाई सम्पूर्ण सम्पत्ति देशमै राखी बस्ने गरि खाने वर्ग माथि एउटा प्रजातान्त्रिक जनसरकारको शासनकालमा यस्तो निर्दयी प्रहारले साधारण जनता माथिको व्यवहार कस्तो सम्म होला, गम्भीर चिन्तनको विषय हो ।” संघले यस्तो कदम आगामी दिनमा नहोस् भन्दै हिरासतबाट शिघ्र रिहाईको माग गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया