• 1:03 am

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

प्रकाशित मिति

February 1, 2024

माघ १८, २०८० काठमाडौँ: स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५०० रुपैयाँले बढेर कारोबार भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया