• ७ जेष्ठ २०८१, सोमबार
  • 4:53 pm

चलचित्र ‘ह्रस्वदीर्घ’मा ब्रह्मानन्दमको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

प्रकाशित मिति

१८ माघ २०८०, बिहीबार १२:०६

माघ १८, २०८० काठमाडौँ: अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको इन्डो–नेपाली चलचित्र ‘ह्रस्वदीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार फिल्मका अभिनेता तथा दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा ब्रहमान्दम सिरमा ढाका टोपी र निधारमा चन्दनसहित देखिएका छन् ।

यहि अवसरमा निर्माण टीमले फिल्मको रिलिज मिति घोषणा गरेको छ । फिल्म दसैँको मेसो पारेर आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई चन्द्र पन्द निर्देशन गरेका हुन् । नीता ढुंगाना फिल्म्सको निर्माण र हरिहर अधिकारीले लेखेको फिल्ममा उनीसहित नीता, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दमका साथै अली, ‘गजनी’ फेम्ड अभिनेता विजय रावतको पनि अभिनय छ ।

प्रतिकृया