• ८ असोज २०८३, बिहीबार
  • १०ः०४ राती

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको नवाैं वार्षिकोत्सव समारोह सम्पन्न

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ०५:००

माघ १७, २०८० काठमाडौँ: राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड ८ औं बर्ष पुरा गरि ९ औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा मिति २०८० माघ १५ गते वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलद्धारा कम्पनीले हाल सम्म भएका कार्य प्रगतीको बारेमा विस्तृत विवरण प्रस्तुत गर्नु भयो ।

National Life

कम्पनी पूँजि बजारमा एक प्रतीस्पर्धि मर्चेन्ट बैंकरको रुपमा प्रस्तुत भएको । कम्पनीले हाल सम्म एक लाख असी हजार हितग्राही खाता खोलि हितग्राहीहरुलाई सेवा दिईरहेको, दुरदराजमा रहेका लगानीकर्ताहरुलाई राष्ट्रिय बाणिज्य बैक लिमिटेडका शाखा कार्यालयहरु बाट सेवा दिने प्रबन्ध मिलाइएको,१५ वटा कम्पनीको शेयर/ऋणपत्र रजिष्ट्रारको कार्य गरिरहेको,लगानी व्यवस्थापनको सेवा दिइरहेको,नेपाल सरकारको लगानी रहेका सुचिकृत संस्थाहरुको शेयर अभौतिकीकरण गरि नेपाल सरकार अर्थमन्त्रालय,सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको,कम्पनीले निकट भविष्यमा प्राईभेट इक्वीटी/भेन्चर क्यापिटलको कार्य गर्ने लक्ष्य रहेको ।

आ.व.२०७९/८० को कार्यसम्पादन मुल्याङ्कनको आधारमा दुइ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसापत्रद्धारा पुरस्कृत गरिएको । साथै विभिन्न कार्यक्रम राखि वार्षिकोत्वस समारोह सम्पन्न गरियो । उक्त कार्यक्रममा संचालक समितीका अध्यक्ष श्री देवेन्द्र रमण खनाल,संचालकहरु श्री पवन रेग्मी,श्री राम कुमार थापा,श्री कृष्ण श्रेष्ठ,श्री राजेन्द्र प्रसाद दाहाल, रािष्ट्रय बाणिज्य बैक लि.,बाग्मती प्रदेश प्रमुख श्री ध्र्रुब अर्याल,आन्तरीक लेखा परिक्षण विभाग प्रमुख श्री भोलानाथ पौडेल, शाखा प्रमुख श्री श्याम सुन्दर गौतमको समुपस्थितीमा कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठद्धारा कम्पनीको वार्षिकोत्सव को उपलक्ष्यमा शुभकामना दिदै सेवाग्राहीलाई छिटो,छरीतो र गुणस्तरीय सेवा दिन सुझाव दिनु भयो । साथै सबै कर्मचारीहरुलाई मेहेनत र लगनशिल भै कार्य गर्न प्रेरित गर्नुभयो र यस संस्थाको उन्नती प्रगतिको लागि सबै जना एक जुट भै अघि बढ्न सल्लाह तथा सुभmाव दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसै गरि संचालक समितीका अध्यक्ष तथा समारोहका सभापती श्री देवेन्द्ररमण खनालद्धारा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडले सरकारी लगानीमा रहेका खर्बौं शेयर लगानीको व्यवस्थापन समेत गर्न सकिने हुँदा सो सम्बन्धि कार्य गर्न सुझाव दिनु भयो ।

प्रतिकृया