• 7:12 pm

कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार ०८:३७

माघ ११, २०८० काठमाडौँ: कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओसँग बार्सिलोना स्तब्ध बनेको छ । गएराति भएको क्वार्टरफाइनलमा बिल्बाओसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि दौडबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । सो समयमा बिल्बाओले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

बिल्बाओको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एकएक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबर्ट लेवानडोस्की र लामिन यमलले एक–एक गोल गरेका थिए ।

यस्तै, राति नै भएको अर्को खेलमा जिरोनालाई ३–२ गोलले हराउँदै मल्लोर्का सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक बिल्बाओ, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् ।

प्रतिकृया