• २० भदौ २०८३, शनिबार
  • ६ः४१ बेलुका

सीआईबीले झिकायो सूर्यदर्शन सहकारीको फाइल

प्रकाशित मिति

२०८० माघ ७ गते, आईतवार ०४:४९

माघ ७, २०८० काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पोखरास्थित सूर्यदर्शन सहकारीको फाइल झिकाएर अनुसन्धान थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलेमाथिसमेत सो सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ ।

सहकारी घोटालाका मुख्य आरोपी गितेन्द्रबाबु राई फरार छन् । सभापति लामिछाने र राईविरूद्व सहकारी विभागमासमेत उजुरी दर्ता भएको छ । जिबी राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

Classic Tech Desktop

बुटवल स्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँमा झिकाएको छ । लामिछाने र राईले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।

प्रतिकृया