• १४:०५ २०८० फाल्गुन ११ गते
  • 2:05 pm

हिन्दु विश्वविद्यालय नेपालको आवश्यकता होः मन्त्री किराँती

प्रकाशित मिति

२०८० माघ ७ गते, आईतवार ०३:५९

kirati

माघ ७, २०८० काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले भाषा संग्रहालय स्थापना गर्ने बताउनुभएको छ । आईतवार मन्त्रालयमा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भाषा संग्रहालयका लोगि सोमवार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउने घोषणा गर्नुभयो । उहाँले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गोठाटारको जग्गा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि दिन औपचारिक निर्णय दिने नै छौँ । यतिले मात्रै हुँदैन यो त अजकल्टो हुन्छ । यसलाई पूर्ण तयारी र सञ्चालनसम्म पु¥याउन पनि एउटा सानो समिति गठन गर्छौं । यहाँ त संविधानको बारेमा बोल्न पनि डराउनुपर्ने क्या । मैले सबै अस्तित्व समान छन्, अस्वीकार गर्ने बित्तिकै द्वन्द्व हुन्छ, अस्वीकार गर्नेलाई नेपाल सरकारले चिन्न सक्दैन भनियो । मान्छेहरु घुमाएर द्वन्द्व चाहन्छन्, शान्ति चाहँदैनन् ।

म भाषाको म्युजियम बनाउँदैछु । भाषा म्युजियम अध्ययन समिति बनाउँदैछु । हिन्दु विश्वविद्यालय हामीलाई चाहिन्छ ।’ मन्त्री किराँतीले विश्वविद्यालयलाई पूर्ण सञ्चालनका लागि पनि मन्त्रालयले समिति गठन गर्ने बताउनु भयो ।

प्रतिकृया