• १५ असोज २०८३, बिहीबार
  • ४ः५१ बिहान

त्रिशूलीमा खसेको भारतीय नम्बरको जीप बाहिर निकालियो, तर चालक भेटिएनन्

प्रकाशित मिति

२०८० माघ २ गते, मंगलवार १०:५३

माघ २, २०८० चितवन : त्रिशूली नदीमा खसेको भारतीय नम्बरप्लेटको जीप नदीबाट निकालिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुल नजिकबाट आज बिहान जीप त्रिशूलीमा खसेको थियो ।

National Life

आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो

Classic Tech Mobile
Classic Tech Desktop

स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि उक्त सुरक्षा टोली घटनास्थलमा पुगेको थियो । उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया