भारतीय सञ्चारमाध्यममा ‘नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरूको शोरुम सञ्चालन’ बारे चर्चा
प्रकाशित मिति
२०८० मंसिर २६ गते, मंगलवार ०४:११

मंसिर २६, २०८० काठमाडौँ: ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा।लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगैै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रबिन्दु बनेको छ ।
भारतको प्रेस ट्रस्ट अफ इन्डिया नामक अनलाइन सञ्चारमाध्यमले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पीयर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बिक्री, मार्केटिङ, वितरण र बिक्रीको लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ ।
त्यस्तै अन्य ७३ वटा सञ्चारमाध्यमहरूले पनि केडिया इन्टरनेशनल प्रा।लिले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेको छ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेशनल प्रा.लिले नेपालमा इलेक्ट्रिक स्कुटरहरूको बुकिङ खुला गरिसकेको छ ।
ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पीयर प्राइमस र एम्पीयर म्याग्नस इएक्सका लागि बुकिङ खुल्ला गरेको हो । हाल एम्पीयरका विद्युतीय स्कुटरहरू टेकु शोरुममा सहज रूपमा उपलब्ध रहेका छन् । कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरूमा विस्तार गर्ने जनाएको छ ।
ग्राहकहरूले टेस्ट ड्राइभिङका लागि एम्पीयरको सोसिएल मिडिया प्लाटफर्म माफर्त स्कुटर बुक गर्न सक्छन, बुक गरेपछि टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि स्कुटर घरमै लिएर आउनेसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकहरूलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु अनुरोध गरेको छ ।
प्रतिकृया