• 7:33 am

उदयपुरमा स्कुल बस दुर्घटना : तीनको मृत्यु, ३९ जना घाइते

प्रकाशित मिति

२०८० मंसिर ९ गते, शनिबार ०७:४५

मंसिर ९, २०८० काठमाडौँ: उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । शनिबार उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ मा पिकनिक खाएर घर फर्कँदै गरेको अन्नपूर्ण सेकेन्डरी बोडिङ स्कुलको वा प्र.०५.००१ ख ००४४ नम्बरको बस अधेरी झर्ना नजिक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।


दुर्घटनामा त्रियुगा नगरपालिका ५ का बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा नगरपालिका ६ का ७ वर्षीया सम्या चौधरी र सोही ठाउका ६ वर्षीय विकाश चौधरीको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ ।


दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । स्कुल बस चालकले गाँउको पिकनिकका लागि भाडामा लगेको खुलेको छ ।


घटनालगत्तै डीएसपी चौधरीको नेतृत्वको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो ।

प्रतिकृया