• २५ भदौ २०८३, बिहीबार
  • ४ः४१ बेलुका

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालले उठाउने एजेण्डा के ?

प्रकाशित मिति

२०८० कार्तिक ३० गते, बिहीबार ०५:०७

कात्तिक ३०, २०८० काठमाडौँ: सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनलाई अवसरका रुपमा प्रयोग गर्ने बताएको छ । युएईको दुबईमा मं सिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु परिवर्तनबाट परेको प्रभाव जलवायु परिवर्तनका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रश्तुत गर्ने बताएको हो ।

National Life

वन तथा वातवरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रश्तुत हुने बताउनु भयो । उहाँले सरकारले कुनकुन विषयलाई प्राथमिकतामा राख्ने भनेर विज्ञहरुसँग छलफल गरेको र सम्मेलनमा सबैले नेपालको तर्फबाट एउटै आवाज उठाउने बताउनु भयो । उहाँले राम्रो एजेण्डा र राम्रो टिम भए नेपालले आफूलाई परेका प्रभाव र असरको बारेमा विश्वमञ्चमा आफ्नो आवाज उठाउनसक्ने बताउनु भयो ।

उहाँले औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य राखेको बताउनु भयो । उहाँले हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने बताउनु भयो । हिमालको विषय एक देशको विषय नभएकोले हिमाल भएका देशहरु मिलेर आवाज उठाउन सकिने बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नुभयो, ‘नेपालले जलवायु परिवर्तनसम्बन्धी कोपमा भाग लिँदैछ । यसमा हाम्रो तीन, चार किसिमको तयारी छ । नेपालको सिस्टमेटिकल्ली रोडम्याप नै बनाएर केके काम गर्ने ? कसरी तयारी गर्ने भनेर रोडम्याप बनाएका छौँ । त्यो अनुसार अघि बढेका छौँ । एउटा पोजिसन पेपर । हामीले कुनकुन विषयलाई जोड गर्ने ? कुन प्राथमिकतामा राख्ने ? कुन विषय वार्ताका क्रममा नबोल्ने पनि हुन्छन् । हाम्रा महत्वपूर्ण कुराहरु पहिचान गरेर हाम्रा मुख्य एजेण्डाहरु तयार पारेका छौँ । एउटा पोजिशन पेपर लिएर जाने र सबैले जहाँ गएपनि एउटै आवाज भन्नेछौँ । इन्क्लुसिभ टिम । टिम राम्रो र इफेक्टिभ टिम गए राम्रो हुनेछ ।’

‘त्यो अनुसार जानेछौँ । एजेण्डा यहाँबाट माझेर जानेछौँ । छलफल गरेर जानेछौँ । हाम्रा आवश्यकतालाई राख्नुपर्नेछ । त्यहाँ सबै देशका जानुहुन्छ, त्यसलाई अवसरका रुपमा लिने गरी अनौपचारिक रुपमा भेटघाट गरेर हाम्रा समस्याहरु राख्नेछौँ । त्यसले क्लाइमेट फाइनान्स, सपोर्ट, एक्सममा सहयोग पुग्नेछ । नेगोसिएसशनमार्फत, पेभेलियमा साइट कार्यक्रममार्फत र अर्को बाइलेटरल मिटिङमा राख्ने गरी तयारी गर्दैछौँ । हिमालको बारेमा हामी गम्भीर छौँ । माउण्टेन इस्युलाई अघि बढाउन पनि हाम्रो प्रयास हुन्छ । हिमाललाई छुट्टै एजेण्डा बनेर पनि जानसक्छ वा अर्कोमा घुसाएर पनि जानसक्छ । अरु देशसँग वार्ता गर्नेछौँ । माउण्टेनको एजेण्डामा एक्लै बोलेर पनि हुँदैन, अरु देशसँग सरसल्लाह गरेर अघि बढाउनुपर्छ ।’

उहाँले हिमाललाई छुट्टै एजेण्डा बनाएर जान अन्य देशहरुसँग पनि छलफल गर्नुपर्ने भएकाले अरु देशसँगको छलफल जारी रहेको बताउनु भयो ।

प्रतिकृया