• 6:21 pm

मन्त्रिपरिषद् बैठकः सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय

प्रकाशित मिति

२०८० कार्तिक २७ गते, सोमबार ०३:२९

कात्तिक २७, २०८० काठमाडौँ : सरकारले सबै सरकारी कागजातमा विक्रम संवतसहित नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकलेयस्तो निर्णय गरेको हो । नेपाल संवत् मौलिक संवत् भएकाले सबै सरकारी कागजातमा यसलाई उल्लेख गरिनुपर्ने आवाज उठ्दै आएको थियो ।


मंगलबारदेखि विक्रम संवत् उल्लेख हुने सबै सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्नुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताईन् ।


भोलिदेखि सुरु हुने नेपाल संवत् ११४४ उपलक्ष्यमा सरकारले सबैमा शुभकामना व्यक्त गर्दै सरकारी कागजातमा अबदेखि नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको हो ।


‘मिति २०८० र ७ र २८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने,’– निर्णयमा भनिएको छ ।

प्रतिकृया